धेरै दिन फाईल रोके मन्त्रीलाई पनि कार्वाहि

  • Home
  • News & Events
  • धेरै दिन फाईल रोके मन्त्रीलाई पनि कार्वाहि

कुनै पनि फाईल धेरै दिन मन्त्रीको टेबलमा रहे कार्वाहि हुने भएको छ । कुनै मन्त्रीले ५–६ दिन सम्म फाइल अड्काएर राखे उसलाई कार्वाही हुने व्यवस्था बन्न लागेको हो ।

भौतिक पूर्वधार तथा यातयात मन्त्री रघुविर महसेठले अब कुनै फाईल मन्त्री वा कर्मचारीले बिना कारण अड्काएर राखे कारबहि हुने बताउनु भएको हो । नेपाल निमार्ण व्यवसायी महासंघको सार्वजानिक खरिद ऐन, नियमावली तथा निमार्ण व्यवसाय ऐन, नियमावलीको संशोधनका लागि राय सुझाब संकलन भेलालाई संबोधन गर्दै समयमा काम नगर्ने ठेकेदार ,कमचारी र मन्त्रीलाई समेत कार्बाही हुने कानुन बन्न लागेको दाबी गर्नुभएको छ ।

विकास निमार्णमा ढिला हुनुको कारण निमार्ण व्यवसायीमात्र नभएको भन्दै यसमा सरकारी योजना र सरकारी कर्मचारी पनि दोषी रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘साइड किलियरेन्स नगरी ठेक्का लगाउँदा समयमा काम हुनसकेन । यसको दोषी ठेकेदार नभएर सरकार नै हो ।’

मन्त्री महासेठले विकास निमार्णको काममा निमार्ण व्यवसायी र सरकारी कर्मचारीमा कोहि पनि पानि माथिको ओभानो नभएको बताउनु भयो । नेपाल निमार्ण व्यवसायीको पनि देश हुँदा इमान्दार भएर काम गर्न आग्रह गर्नु भएको हो । उहाँले ‘निमार्ण व्यवसायी इमान्दार हुनुहोस् कर्मचारीले कुनै काम रोक्छ भने सिधै मन्त्री वा प्रधानमन्त्रीलाई रिपोर्ट गर्नुहोस् ।’ भन्नुभयो ।

त्यस्तै उहाँले गुणस्तरीय काम नगरे अन्तराष्ट्रिय मान्यता अनुसार धरौटी जफतमात्र नभई कालो सुचिमा राख्ने बताउनु भएको छ । । उहाँले एउटै व्यवसायीले १०० भन्दा धेरै काम लिने र २–३ ओटा मात्र आफुले गर्ने विकृतीको अन्त्य हुनु पर्ने बताउनु भएको छ । ऐन, कानुन धार्मिक ग्रन्थ नभएकाले व्यवसायी मैत्री कानुन बनाउन सरकार तयार रहेको मन्त्री महासेठले बताउनु भयो ।

निमार्ण व्यवसायीले आफुहरुलाई फौजदारी अभियोग लगाउन पाउने मुलुकी फैजदारी ऐन तथा नियमावली पूर्णरुपमा खारेज हुनु पर्ने बताएका छन् ।साथै सार्वजानिक खरिद ऐन , निमार्ण व्यवसाय ऐन तथा नियमावली व्यवसायी अनुकुल बनाउन माग गरेका छन् ।

ifawpca 2023