निर्माण व्यवसायी संघ चितवनको २७ औं साधारण सभा सम्पन्न

  • Home
  • News & Events
  • निर्माण व्यवसायी संघ चितवनको २७ औं साधारण सभा सम्पन्न

चितवन, १७ मााघ । निर्माण व्यवसायी संघ चितवनको २७ औ वार्षिक साधारण सभा भरतपुरमा सम्पन्न भएको छ । नेपाल निर्माण महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीलाई राज्यले संरक्षण गर्न नसकेको आरोप लगाउनुभयो ।

निर्माण व्यवसायी विना विकास सम्भव नभएकाले व्यवसायीका समस्या सम्बोधन गर्न अध्यक्ष सिंहले सरकार समक्ष आग्रह गर्नुभयो । विकास आयोजना निर्माणमा राज्यकै कैयन नीति नियमले समेत ढिलाइ हुने भएपनि व्यवसायीलाई मात्रै दोष देखाउने प्रवृत्ति हटाउनुपर्ने उहाँले बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा कोभिड र वर्तमान राजनीतिक परिस्थितिका कारणले गर्दा थप समस्या परेको भन्दै समस्या समाधानको लागि महासंघको वर्तमान नेतृत्व क्रियाशील रहेको बताउनुभयो ।

महासंघका महासचिव रोशन दाहालले सहज र सरल तरिकाले निर्माण सामाग्री उपलब्ध गराउन माग गर्नुभयो । महासंघका केन्द्रीय सदस्य अशोक कुमार केसीले निर्माण उद्योगप्रति राज्य अनुदार रहेकोे दुखेसो गर्नुभयो । निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेलले स्थानीय निकायले उपभोक्ता समितिलाई निरुत्साहित गरी इजाजत प्राप्त निर्माण व्यवसायीलाई प्रश्रय दिनुपर्ने बताउनुभयो । ५ करोडसम्मका योजनामा कुनै पूर्व योग्यता नचाहिने व्यवस्थाका लागि उहाँले माग गर्नुभयो ।

जिल्ला संघले महासंघका अध्यक्ष रवि सिंहलाइ सरकारसँग लबिङ गर्नका लागि सुझाव पत्र बुझाएको छ । कार्यक्रममा महासंघका उपाध्यक्ष आङदोर्जी लामा, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा चितवनका नेता द्रोणबाबू शिवाकोटी, राप्रपा चितवनका सचिव केशव भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

ifawpca 2023