निर्माण व्यवसायी सहितको प्रतिनिधिमण्डल चेन्नाई प्रस्थान

  • Home
  • News & Events
  • निर्माण व्यवसायी सहितको प्रतिनिधिमण्डल चेन्नाई प्रस्थान

भारतको चेन्नाइमा हुने “International  Energy Sourcing Show ” मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उर्जा समितिको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सहित ११ जना रहनु भएको छ । महासंघ प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका सल्लाहकार सुकुन्तलाल हिराचन, उप–महासचिव(नीतिगत) टंक प्रसाद चौलागाईं, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर र जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले बिदाई गर्नुभयो । तीन दिन सम्म चल्ने कार्यक्रम बुधबारबाट सुरु हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको विकास निर्माणको गतिविधि तथा जलविद्युत क्षेत्रको विकास सम्बन्धी जानकारी हासिल गर्न कार्यक्रम फलदायी हुने विश्वास लिइएको महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो । चेन्नाई बसाईका क्रममा नेपाली प्रतिनिधिमण्डलले विभिन्न देशका निर्माण व्यवसायीहरुसँग द्धिपक्षीय हित र आपसी चासोका बारेमा छलफल गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

ifawpca 2023