महासंघको २१ औं साधारण सभा र नेपाल बिल्डटेक एक्स्पो २०२० माघ ३ बाट शुरु हुँदै

  • Home
  • Media Coverage
  • महासंघको २१ औं साधारण सभा र नेपाल बिल्डटेक एक्स्पो २०२० माघ ३ बाट शुरु हुँदै

पुष २९, काठमाडौं, नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभा यही माघ ३ र ४ गते भक्तपुरको सल्लाघारी मैदानमा हुने भएको छ । देशभरका १५ सय भन्दा बढी व्यवसायीको सहभागिता रहने साधारण सभाको तयारी लगभग पूरा भएको महासंघले मंगलवार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महासंघका अनुसार साधारण सभाको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट हुनेछ । सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन र पूरा हुन बाँकी रहेका अन्य मागहरुका विषयमा साधारण सभामा छलफल भई महासंघको भक्तपुर घोषणापत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले बताउनुभयो । दाहालका अनुसार साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । साधारण सभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री पोख्रेलबाट निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरुको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषांकको विमोचन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।ं साधारण सभाको सह–आयोजकको रुपमा भक्तपुर जिल्ला निर्माण व्यवसायी संघ रहेको छ । साधारण सभासँगसँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा माघ ३ देखि ५ सम्म साधारण सभास्थल भक्तपुरको सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० पनि आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । महासंघले आफ्नो इतिहासमा नै पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको यस एक्स्पो निर्माण क्षेत्रमा रुची राख्ने सबैका लागि उपयुक्त मञ्च हुने महासंघका अध्यक्ष सिंहले बताउनुभयो । “निर्माण व्यवसायीहरुलाई विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र उपकरण बारे अवगत गराउन एक्स्पो उपयुक्त मञ्च बन्नेछ ” अध्यक्ष सिंहले भन्नुभयो । एक्स्पो संयोजकको जिम्मेवारी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेलाई दिइएको छ । निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित् १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु कुल ७० हजार स्क्वाएर फिट क्षेत्रफलको एक्स्पोमा रहने पाण्डेले बताउनुभयो । तीन दिने एक्स्पो करीब ५ हजार ले अवलोकन गर्ने अनुमान गरिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिनुभयो । एक्स्पोको सहयोगी साझेदारहरुको रुपमा नेपाल उद्योण वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर आफ कर्मश लगायतका संस्थाहरु रहेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सलटिङ आर्किटक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (स्काफ नेपाल), नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्स (वाइसीएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), एल्मोनियम व्यवसायी संघ नेपाल, नेपाल फर्निचर संघ, स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल, र भारतको राजकोट हार्डवयर म्यानफ्याक्चर एसोसिएसन पनि एक्स्पोका सहयोगी साझेदार संस्था रहेका छन् ।

ifawpca 2023