नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री रवि सिंहज्यू नेतृत्वको प्रतिनिधिमण्डलले विहिवार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी निर्माण व्यवसायीहरूका विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ । सोही अवसरमा अध्यक्ष सिंहले यही फागुन २८ गते राजधानीमा हुने महासंघको २४ औं साधारण सभाको प्रमुख आतिथ्यता ग्रहण गरिदिनु हुन विशेष अनुरोध सहित सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभयो । महासंघ प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको रुपमा श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेको छ ।