महासंघ प्रतिनिमिण्डल र वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशकबीच भेट

  • Home
  • News & Events
  • महासंघ प्रतिनिमिण्डल र वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशकबीच भेट

पौष २९, काठमाडौं , नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीलाई भेटी निर्माण सामाग्रीमा भएको अत्याधिक मुल्यबृद्घि सम्बन्धमा जानकारी गराएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले कोरोनाको कहरबीच अत्यन्त विषम् परिस्थितिमा पनि निर्माण व्यवसायीहरु अहोरात्र आ–आफ्नो कार्य क्षेत्रमा खटिने समयको फाइदा उठाउँदै निर्माण सामाग्री र ढुवानीमा कृत्रिम रुपमा मिलोमतो गरी अत्याधिक मुल्यवृद्धि गरिएको जानकारी गराएको थियो । केही महिना अगाडिको मुल्य र हालको मुल्यमा फलामजन्य निर्माण सामग्रीहरुमा (प्रति केजी) मा रु. २० भन्दा बढी तथा ४९ प्रतिशत भन्दा बढी मुल्यवृद्धि भएको र नदीजन्य तथा खानीजन्य निर्माण समाग्रीहरुको स्रोत दरको मूल्यमा दोब्बर मुल्य बृद्घि भएको जानकारी गराइएको थियो ।

सिङ्गो मुलुक र विश्व नै कोराना भाइरसका कारण आक्रान्त भइरहेको अहिलेको जटिल समयमा हचुवाको भरमा कृत्रिम रुपमा गरिएको मुल्यवृद्धिका कारण विकास निर्माणका कार्यहरुमा थप लागत बढ्ने देखिएकोले छोटो समयका र १२ महिना भन्दा कम अवधिका निर्माण कार्यमा मूल्य समायोजन गरिनु पर्ने महासंघका अध्यक्ष सिंहले बताउनुभयो । साना निर्माण व्यवसायीहरु आर्थिक रुपले धारसायी हुने हुँदा यस तर्फ राज्यको ध्यानाकषर्ण हुनु पर्ने,निर्माण व्यवसायीले मूल्य समायोजन पाउने गरी नेपाल राष्ट्र बैङ्कबाट जारी गर्दै आएको प्राइस ईन्डेक्समा बढेको मूल्यको अनुपातमा समावेश गर्न आवश्यक पहल गरिदिन महासंघले अनुरोध गरेको छ ।

विषम परिस्थितिको फाइदा उठाउँदै निर्माण सामग्रीको मूल्यमा गरिएको अनावश्यक कालोबजारीलाई नेपाल सरकारबाट प्रभावकारी रुपले अनुगमन गरी मूल्यबृद्घि नियन्त्रण समेत गरिदिनका लागि महानिर्देशक सुवेदी समक्ष प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको छ । भेटमा महासंघको तर्फबाट उपाध्यक्षआङदोर्जी लामा(ए.डी), कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता थियो ।

 

ifawpca 2023