राष्ट्रिय निर्माण दिवसको अवसरमा रक्तदान कार्यक्रम

  • Home
  • News & Events
  • राष्ट्रिय निर्माण दिवसको अवसरमा रक्तदान कार्यक्रम

मंसिर २२, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १३ औं राष्ट्रिय निर्माण दिवस २०७७ को अवसरमा राजधानीमा रक्तदान कार्यक्रम आयोजना ग¥यो । महासंघ सचिवालयमा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरे । रक्तदान जीवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै, कोरोना कहरको विषम् परिस्थितिमा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै कार्यक्रम संचालन गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । विगतका वर्षहरुमा निर्माण दिवसमा प्रभातफेरि, एफक्यान अवार्ड लगायतका राष्ट्रिय स्तरका विविध कार्यक्रम आयोजना गरिएता पनि यस वर्ष कोरोना महामारीका कारण महासंघले रक्तदान कार्यक्रम मात्र आयोजना गरेको । रक्तदाताहरुलाई महासंघका अध्यक्ष रवि सिंह लगायतका पदाधिकारीहरुले प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नु भएको थियो । जिल्ला निर्माण व्यवसायी संघहरुले पनि यस वर्ष अन्य विविध सामाजिक कार्यहरु मात्र गरी निर्माण दिवस मनाएका छन् । र महासंघले प्रत्येक वर्ष मंसिर २२ मा आफ्नो स्थापना भएको दिनलाई विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।