स्काभेटरमा आगजनी गरिएको घटनाको महासंघद्धारा भत्सर्र्ना, दोषीलाई कार्वाहीको माग

  • Home
  • Media Coverage
  • स्काभेटरमा आगजनी गरिएको घटनाको महासंघद्धारा भत्सर्र्ना, दोषीलाई कार्वाहीको माग

काठमाडौं, वैशाख ३१, रौतहटको गुजरा नगरपालिका–६ मा परसवा, पल्टुवा खतबैयामा निर्माणाधिन सडकमा प्रयोग भएको स्काभेटरमा आगजनी गरिएको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । शहरी विकास मन्त्रालय अन्र्तगत शहरी पूर्वाधार निर्माणमा रहेको रमण–सगरमाथा–सगुन जेभी निर्माण कम्पनीको बा १ प ७३२४ नम्बरको स्काभेटरमा आगजनी गरिएको जेभी कम्पनीका मुख्य संचालक सहदेव खड्काले बताउनुभयो । महासंघले मंगलावार विज्ञप्ति जारी गरी आगजनीको घटनाको कडा शब्दमा भत्सर्ना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न र पीडित व्यवसायीलाई उचित क्षतिपूर्ति दिन सरकार समक्ष माग गरेको छ । भौतिक पूर्वाधार निर्माणमा खटिएका निर्माण व्यवसायी र तथा उनीहरुको उपकरणको सुरक्षामा सरकारले चासो नदिँदा देशभरका व्यवसायीहरु त्रसित रहेकाले व्यवसायी तथा उनीहरुको उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले विज्ञप्ति मार्फत् जोडदार माग गरेको छ ।