Press Release

निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐन सँगसँगै संशोधनका लागि पहल गर्छु–मन्त्री नेम्बाङ

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐन सँगसँगै संशोधनका लागि पहल गर्ने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको शनिवारको भेटमा मन्त्री नेम्बाङले दुई ऐन एक साथ संशोधनका लागि पहल गर्ने जानकारी दिनु भएको हो । मन्त्री नेम्बाङले…
Read More

विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण हुँदै, अवार्डको तयारी पूरा

काठमाडौं, मंसिर १९ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलन मार्फत यही शुक्रवार (मंसिर २०) आयोजना गरिने अवार्डको सबै तयारी पूरा भएको जानकारी दिएको छ । महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस…
Read More

निर्माण व्यवसायीहरुद्धारा दोस्रो दिन पनि प्रधानमन्त्री निवासमा धर्ना

मंसिर १०, काठमाडौं  म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका मागहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले मंगलावर विहान दोस्रो दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । ९.३० बाट शुरु भएको धर्ना झण्डै एक घण्टा चलेको थियो । धर्नामा सहभागी व्यवसायीहरुले “व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी…
Read More

माग सम्बोधन नभएपछि निर्माण व्यवसायी महासंघ अन्दोलित

कात्तिक २७, काठमाडौं सार्वजनिक खरिद नियमावली पटक पटक संशोधन हुँदै आएपनि व्यवसायीहरुको माग सम्बोधन नभएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ । बुधवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरोकारवाला निकायबाट व्यवसायीहरुको माग सम्बोधन नभएकाले आन्दोलनमा जानु परेको स्पष्ट पार्नुभयो । गत साउन १६ गते…
Read More

माघको पहिलो साता नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना हुँदै

असोज ११ नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा आगामी जनवरी १७ देखि १९ सम्म (माघ ३–५) भक्तपुरको सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना हुने भएको छ । राजधानीमा शुक्रवार आयोजित कार्यक्रममा एक्स्पो आयोजना सम्बन्धी सम्झौता पत्रमा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष…
Read More

नियमावली विपरितका कार्य नगर्न–नगराउन महासंघको अनुरोध

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (सातौं संशोधन) नियमावली, २०७६ को प्रावधान अनुसार सम्पूर्ण ठेक्काहरुमा निशर्त म्याद थप गरिनु पर्नेमा सो नगरी कतिपय ठेक्का तोड्दै व्यवसायीलाई कालो सुचीमा राखी कार्वाही अगाडि बढाउने प्रक्रिया शुरु भएको जनाएको छ । महासंघका महासचिव रोशन दाहालले मंगलवार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यहरुले संशोधित…
Read More

सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली का केही बुँदाहरुप्रति महासंघको आपत्ति .

स्वदेशी निर्माण व्यवसायीहरुलाई पेशाबाटै पलायन गर्ने गरी हालै नेपाल सरकारबाट जारी गरिएको सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदाहरुप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघ लगायत यससँग प्रत्यक्ष संलग्न सरोकारवाला निकायको राय–सुझावलाई बेवास्ता गर्दै जारी भएको नियमावलीका केही बुँदाले स्वदेशी व्यवसायीलाई पेशाबाटै विस्थापित गर्ने र…
Read More

स्काभेटरमा आगजनी गरिएको घटनाको महासंघद्धारा भत्सर्र्ना, दोषीलाई कार्वाहीको माग

काठमाडौं, वैशाख ३१, रौतहटको गुजरा नगरपालिका–६ मा परसवा, पल्टुवा खतबैयामा निर्माणाधिन सडकमा प्रयोग भएको स्काभेटरमा आगजनी गरिएको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । शहरी विकास मन्त्रालय अन्र्तगत शहरी पूर्वाधार निर्माणमा रहेको रमण–सगरमाथा–सगुन जेभी निर्माण कम्पनीको बा १ प ७३२४ नम्बरको स्काभेटरमा आगजनी गरिएको…
Read More

कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसाय धाराशायी : महासंघ

कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायीहरु पेशाबाटै पलायन हुनुपर्ने खतरा बढेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण व्यवसायीहरुलाई लक्षित गरी केही समय अघि देखि निरन्तर धम्कीपूर्ण फोनहरु आइरहेको भन्दै उनीहरुले मुलुकमा काम गर्ने वातावरण नरहेको बताएका हुन् । मंगलवार महासंघ सचिवालय अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष रवि…
Read More