News & Events

राष्ट्रपति पौडेलसँग महासंघ प्रतिनिधिमण्डलको भेट

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । मुलुकमा विकासको ठूलो सम्भावना रहेको बताउँदै राष्ट्रपति पौडेलले त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने…
Read More

महासंघ प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री रवि सिंहज्यू नेतृत्वको प्रतिनिधिमण्डलले विहिवार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी निर्माण व्यवसायीहरूका विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ । सोही अवसरमा अध्यक्ष सिंहले यही फागुन २८ गते राजधानीमा हुने महासंघको २४ औं साधारण सभाको प्रमुख आतिथ्यता ग्रहण गरिदिनु हुन…
Read More

महासंघ प्रतिनिधिमण्डलद्वारा प्रधानसेनापतिसँग भेट

नेपाल निर्माण व्यवसायी महासंघले स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी अन्तर्राष्ट्रिय स्तरको बोलपत्र भन्दा राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतवार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेटी यस्तो आग्रह गरेको हो । स्वदेशी निर्माण कम्पनीले काम पाउँदा उनीहरूले आयोजनाप्रति अपनत्व महसुस…
Read More

नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकताः मन्त्री खान

खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । निर्माणाधिन आयोजनामा राज्यको धेरै लगानी भइसक्ने भएकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन नहुने मन्त्री खानले बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खानले…
Read More

उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठसँग महासंघ प्रतिनिधिमण्डलको भेट

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायाणकाजी श्रेष्ठसँग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उपप्रधानमन्त्री श्रेष्ठले…
Read More

उप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलसँग महासंघ प्रतिनिधिमण्डलको भेट, निर्माण उद्योगको समस्या बारे ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल सँग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । महासंघ प्रतिनिधिमण्डलसँगको छलफलमा…
Read More

उप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँग महासंघ प्रतिनिधिमण्डलको भेट

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ । भेटमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्माण उद्योगको समस्याबारे आफु जानकार रहेको बताउँदै निर्माण व्यवसायीहरूका समस्या बारे अध्ययन गरी समाधान खोजिने जानकारी दिनुभयो । उप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले व्यसायीहरूलाई कसेर…
Read More

नदीतथा खानीजन्य सामग्रीको उत्खननमा दोखिएको समस्याप्रति महासंघको गम्भीर ध्यानाकर्षण

गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसार लगायतमा पछिल्लो समयमा देखिएको समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । विगतमा पनि पटक पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले निर्माण उद्योग आक्रान्त रहेको महासंघको भनाइ छ । महासंघका महासचिव रोशन दाहालद्वारा आइतवार…
Read More

म्याद थप नभई ठूलो भुक्तानी रोकिएकोमा महासंघको कडा आपत्ति

असार २९, काठमाडौं, सार्वजनिक खरिदका निर्माण कार्यको म्याद ६ महिना थप गरिने भनी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा उल्लेख गरिएतापनि त्यसको कार्यान्वयन नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । आर्थिक वर्ष समाप्त हुनै लाग्दा समेत म्याद थप नभई निर्माण व्यवसायीहरूको ठूलो भुक्तानी रोकिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघको…
Read More

एफक्यानद्वारा संस्कृतिमन्त्री समक्ष बजेट सहित समसामयिक विषय बारे धारणा पेश

जेठ ३०, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई भेटी आर्थिक वर्ष.२०७८/०७९ को बजेट बारे महासंघको धारणा पेश गरेको छ । बजेटमा निर्माण आयोजनाहरूको ६ महिना मात्र म्याद थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै महासंघले २०७८ वैशाख १६ गते भन्दा…
Read More